काठमाडौं, २२ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । असार १० गतेदेखि सुरू भएको स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेका थिए । तर, अहिले उपाध्यक्ष गौतम ओलीले राजीनामा दिन नपर्ने अडानमा आएका छन् । गौतमले पार्टी एकता जोगाउनको लागि ६ बुँदे प्रस्तावसमेत अघि सारेका छन् । सोही प्रस्तावको केन्द्रविन्दूमा रहेर छलफल हुनुपर्ने उनको अडान छ । प्रधानमन्त्री ओलीपनि वामदेवको प्रस्तावमा सकारात्मक देखिएका छन् ।
जब ओलीले बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने तुरुप फाले
तर, दाहाल–नेपाल समूह अब ओलीसँग वारपारको लडाईमा उत्रिएको छ । यसको संकेत काठमाडौंमा हिजो (बुधबार) आयोजित आफूहरुनिकट पत्रकारहरुसँगको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले पार्टीमा अब खराबभन्दा खराब अवस्थापनि आउन सक्ने भन्दै तयार रहन आग्रह गरेर गरिसकेका छन् । ओलीले साउन १३ गते एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेपछि दाहाल रुष्ट छन् । दाहाल–नेपालनिकट एक सांसदले ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी भएको जानकारी दिएका छन् ।
प्रचण्डद्वारा नेकपा फुट्नसक्ने संकेत
ओली पार्टीका सबै कमिटीमा अल्पमतमा रहेको दाहाल–नेपाल समूहको दाबी छ । तर, ओली पक्षले भने यो दाबीलाई स्विकार्दैन् । आफूहरु जुनसुकै कमिटीमा बहुमतमा रहेको ओलीनिकट सांसद महेश बस्नेतले दाबी गर्दै आएका छन् । यसअघि पनि नेकपामा अल्पमत/बहुमतको परीक्षण गर्ने तयारी भएको थियो । त्यतिवेला ओलीलाई बहुमतमा रहन दश सांसद कम भएको आँकलन गरिएको थियो । प्रतिनिधिसभामा २७५ जना सांसद छन् । सत्तारुढ नेकपासँगमात्रै १७४ सांसद छन् । १३८ जना सांसद भए बहुमत पुग्छ । प्रतिनिधिसभामा नेकपामा पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद छन् । file photo
ओली र प्रचण्डले बनाए वारपारको रणनीति, सांसद तानातान र कित्ताकाट शुरु