Logo

देशभरको मौसममा आंशिक बदली, कहाँ–कहाँ हुँदैछ आज भारी बर्षा?



काठमाडौ, साउन २३। शुक्रबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली आएकोछ। मनसुनी न्युन चापीय रेखाकै कारण अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा केहि स्थानहरूमा हल्का बर्षा भईरहेको छ।

आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहितका वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज रातीसम्म देशभर सामान्य बदली कायमै रहदै प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ । साथै रातीसम्म केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बर्षाको उच्च जोखिममा रहेका क्षेत्रमा पर्ने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले मौसम विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्