Logo

कोरोना पुष्टि भएको २४ घण्टा भित्रै मृत्यु, शव व्यवस्थापनको तयारी हुँदै



सिरहा, साउन २३ । सिरहामा शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको गोलबजार–१२ का २३ वर्षीय युवकको बिहिबार राति मृत्यु भएको हो ।

विगत तीन वर्ष देखि किड्नीसम्बन्धि समस्या भोग्दै आएका युवकको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानान मृत्यु भएको हो ।

अस्पतालमै रहेका उनलाई गत बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्