काठमाडौं, २३साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप पाँचजनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँचजनाको मृत्यु पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको । आज मृत्यु पुष्टि भएकाहरुमा पर्साका तीनजना, सिराहा र सर्लाहीका एक एक जना छन् । मृतकहरु सबै तराईका बासिन्दा हुन् ।
आज पाँच पुरुषको मृत्यु पुष्टि भएसँगै ५६ पुरुष, १३ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् । मृतकहरुमध्ये अधिकांश तराईका जिल्लाका छन् ।