साउन २३, काठमाण्डौ । दुवईबाट आउँदै गरेको एयर इंडियाको विमान केरलाको कोझिकोड एयरपोर्टको रनवेमा पल्टिदा जहाज दुई टुक्रा भएको छ । विमानमा १ सय ९१ यात्रु सवार रहेको भनिएको छ । तर स्पष्ट जानकारी आइसकेको छैन ।
अधिकांश यात्रु घाइते भएका छन् । भारतका गृहमन्त्री अमित शाहले टुइटरमा दिएको जानकारी अनुसार घटनास्थलमा उद्धारकार्य भइरहेको छ ।
केरलाको कोझिकोड विमानस्थलमा दुबईबाट आएको एउटा विमान रनवेबाट हावामा उत्रिएपछि भइको दुर्घटनामा विमान चालक र दुई अन्य व्यक्तिको मृत्यु भएको बताईको छ ।
विमान रनवेबाट चिप्लिएर भित्तामा ठोकिएको थियो । थप विवरण आउन बाँकी छ ।