Logo

काठमाडौँ उपत्यकामा ६२ सङ्क्रमित थपिए



काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँमा ५६, ललितपुर र भक्तपुरमा तीन तीन जना गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी १०६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सबैभन्दा बढी २९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौँका चार जना, पाटन अस्पताल–ललितपुरमा काठमाडौँका पाँच जना र ललितपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

त्यसैगरी, वीर अस्पतालमा काठमाडौँका एक, स्टार अस्पताल–सानेपामा काठमाडौँका १२ जना, बीआईडीएच ल्याबमा काठमाडौँका दुई तथा तथा नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौँका दुई र भक्तपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडौँका एक जनामा सङ्क्रमणको पुष्टि भएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्