काठमाडौं, साउन २६ । विश्व व्यापी रुपमा मानव अस्तित्वमै चुनौतिका रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण नवजात शिशु देखि १ सय ३ बर्ष सम्मका मानिसमा देखा परेको छ । नेपालमा पहिलोपटक जनकपुर निवासी चीनमा अध्ययनरत युवा विद्यार्थी हवाईमार्गबाट नेपाल प्रवेश गरेसंगै कोरोनाको लक्षण देखिई परिक्षण गर्दा २०७६ साल माघ ९ गते कोरोना संक्रमण भएको प्रमाणित भएको हो ।
त्यतिबेला सम्म नेपालमा कोरोना परिक्षणका लागि ल्याबमा आवश्यक उपकरण जडान भैनसकेको र तालिम प्राप्त जनशक्ति पनि नभएकाले विदेश लगेर परिक्षण गरिएको थियो । उनलाई कोरोना प्रमाणित भएको २ सातापछि निको भएर डिस्चार्ज गरिएको थियो । पहिलो संक्रमित व्यक्ति संक्रमण भएको १ महिना पछि नियमित काममा फर्किसकेका थिए ।
अहिले नेपालमा पहिलो ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूका साथै ३७ वटा ल्याब बिस्तार भैसकेका छन् । २०७७ श्रावण २५ गते सम्म नेपालमा ४ लाख ४३ हजार ८ सय ४ पिसिआर परिक्षण भैसक्यो । जस्मा २२ हजार ९ सय ७२ जना संक्रमित भएका छन् भने ७५ जनाको मृत्यु भैसक्यो । जसमा एक जना चीनका नागरिक पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उमेर समूह संख्या
नवजात शिशु देखि १० बर्ष सम्म- ८७१
१० बर्ष देखि २० बर्ष सम्म – ४००८
२१बर्ष देखि ३० बर्ष सम्म- ८११३
३१ बर्ष देखि ४० बर्ष सम्म- ५१९०
४१ बर्ष देखि ५० बर्ष सम्म- २२६४
५१ बर्ष देखि ६० बर्ष सम्म- ८९७
६१ बर्ष देखि ७० बर्ष सम्म – ३००
७१ बर्ष देखि ८० बर्ष सम्म – ८५
८० देखि माथी – २२
कोरोना संक्रमणको जोखिम पाको उमेर समूह र बालबालिकामा बढी खतरा भनिए पनि नेपालमा कोरोना संक्रमितको संख्या १० बर्ष देखि ४० बर्ष उमेर समूहमा बढी रहेको छ ।
सातवटा प्रदेशमा रहेका संक्रमित र मृत्यु यसप्रकार रहेको छ
प्रदेश संक्रमित मृत्यु
प्रदेश नं १ ५११ ५
प्रदेश नं २ ३०७५ ३२
बागमती प्रदेश ३ ११३२ ११
गण्डकी प्रदेश ४ २३७ ६
प्रदेश नं ५ ४४६ १०
कर्णाली प्रदेश ६ १६९ ४
सुदुर पश्चिम प्रदेश ७ ९७४ ७
नेपालमा मृतकको तथ्यांक कहि कतै अध्यावधिक गरेर राख्ने व्यवस्था नभएको र मृत्यु पछि मात्र धेरैमा कोरोना संक्रमण प्रमाणित भएकाले कतिपय केसहरु मृत्युपछि परिक्षण नगरि परम्परागत रुपमा अन्तिम संस्कार गरिएको पनि हुन सक्ने स्वास्थ्य विज्ञहरुको ठम्याई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।