Logo

कोरोना संक्रमणबाट ६४ वर्षीय वृद्धको मृत्यु



काठमाडौं, २६ साउन । आज कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । काठमाडौं किर्तीपुरका ६४ वर्षीय वृद्धको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी साउन २५ गते अस्पतालमा भर्ना भएका थिए ।

निमोनिया र मधुमेह रोग समेत भएका वृद्धलाई साउन १५ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीले तयारी गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्