Logo

छुट्टाछुट्टै स्थानमा लागूऔषध सहित ९ जना पक्राउ



काठमाडौं, २६ साउन । अवैध लागूऔषध सहित ९ जना पक्राउ परेका छन् । चन्द्रागिरीस्थीत बिजय गिरीको घरबाट नियन्त्रित लागूऔषध ७८ एम्पुल डाईजेल्याब, ३० एम्पुल डाईजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

मातातिर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरीले चलाई ल्याएको बा.५७ प ३६०१ नम्बरको स्कुटर छाडी भागेपछि उक्त स्कुटरको डिकी भित्र १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला पारेको थियो । साथै घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले गिरीको घर तलासी गर्दा थप उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार रहेका बिजय गिरीको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

त्यस्तै पोखराबाट करिब १ केजि २ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ सिद्धलेख घर भएका रोहित घले लगायत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो डेरा कोठामा अवैध लागूऔषध गाँजा लुकाई छिपाई राखेका उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी पोखरा पराजुली मार्गबाट करिब १ केजि ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका किसान थापा आइतबार साँझ पक्राउ परेका छन् । आफ्नो डेरा कोठामा अवैध लागूऔषध गाँजा बेचबिखन गरेका थापालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी सिराहाको गोलबजारबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित पाण्डव गुप्ता लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेका गुप्तालाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्