Logo

भक्तपुरमा एकै परिवारका चारसहित आठ जनालाई कोरोना



भक्तपुर, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटको एकै परिवारका चारसहित आठजनामा कोरोना भाइरस संक्रमण भएको छ।स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेअनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक छोरी गरी चारैजनामा कोरोना भाइरस संक्रमण भएको हो।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका उनीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसअनुसार ४४ वर्षीया आमा, २० र १५ वर्षीया दुई छोरी तथा तीन वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख मिजारले उनीहरु क्वारेन्टाइनमा बस्दा संक्रमितको सम्पर्क आएको हुनसक्ने अनुमान गरे।

त्यस्तै चाँगुनारायण नपा ७ वागेश्वरीका श्रीमान श्रीमती पनि संक्रमित भएका छन्। यात्रा विवरण नभएका ५४ वर्षीय श्रीमान र ५३ वर्षीया श्रीमतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन्। ‘उहाँहरु ९श्रीमानश्रीमती० को यात्रा विवरण छैन’, उनले भने, ‘त्यसैले संक्रमण कहाँबाट कसरी भएको हो अहिल्यै बताउन मुस्किल छ।’

उनका अनुसार मध्यपुर थिमि नपा ४ नयाँ ठिमीकी ४८ वर्षीया गृहिणीमा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको पनि यात्रा विवरण नभएको मिजारले जानकारी दिए। यसको आधारमा भक्तपुरमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको हुनसक्ने उनको दावी छ। उनले अत्यावश्यक काममा बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन आग्रहसमेत गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्