Logo

मौसम बाधक बन्दा बिरामीको मृत्यु



जोमसोम, ३० साउन । मौसम प्रतिकुलताका कारण गत सोमबारदेखि पोखरा जोमसोम हेलिकोप्टर उडान रोकिएपछि मुस्ताङको जोमसोम अस्पतालमा एक बिरामीको बिहीबार मृत्यु भएको छ । जिल्लाको लोमान्थाङ गाउपालिका ४ छोनुपकी ५८ वर्षीया जण्डिस रोगकी बिरामी ढोका गुरुङको उपचारका क्रममा मृत्यु भएको अस्पतालका डाक्टर साजन बरालले जानकारी दिए ।

डाक्टर बरालका अनुसार भर्ना गरिएको उक्त बिरामी जण्डिस रोगबाट ग्रस्त थिइन् । उनको १०÷१२ दिन अघिदेखिनै जण्डिसले शरीरका सबै भाग पहेलो भइसकेको थियो । उनलाई उपचारका लागि पोखरा लैजाने तैयारी थियो ।

जण्डिसले मस्तिष्कलाई असर गर्ने,अचेत हुने ,शरीर काप्ने र शरीर लरखराउनेजस्ता समस्या देखिएको डाक्टर बरालले बताए । बिरामीलाई आकस्मिक सघन कक्षमा राखेर उपचार गर्नुपर्नेमा यहाँ त्यो सुविधा उपलब्ध नभएको डा। बरालको भनाइ छ

बिरामीको रगत जाँच गर्दा बिलोरोबिक एसएफटिअत्यधिक बढेको र भिडियो एक्सरे गर्दा कलेजोमा मासु समेत पलाएको थियो भने बिरामी भर्ना भएपछि अवस्था नाजुक बनेको अस्पतालले बतायो ।

यसअघि जण्डिसग्रस्त महिला बिरामीलाई उपचारका लागि पोखरा लैजान उपल्लो मुस्ताङबाट आइतबार साँझ जोमसोम ल्याइएको थियो ।हेलिकोप्टरबाट पोखरा लैजान हेलिकोप्टरको सहजीकरण गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले गरेका थिए । प्रभु हेलिकोप्टर उडानका लागि सोमबार गृह मन्त्रालयबाट चार्टर उडान अनुमती लिइएको थियो ।

बिरामीलाई पोखरा लैजान सांसद बिष्टले आधा खर्च व्यवहोर्ने र आधा बिरामी पक्षले व्यवहोर्ने भनिएको थियो । सोमबार बिरामी र बिरामीका आफन्त दिनभर जोमसोम विमानस्थलमा हेलिकोप्टरको पर्खाइमा बसे । विमानस्थलमा बिरामीको अवस्था पीडादायि थियो ।

तर ,लगातार मौसम प्रतिकुलताका कारण हेलिकोप्टर उडान हुन नसकेको सांसद इन्द्रधारा बिष्टले जानकारी दिए । हेलि उडान नभएपछि बिरामीलाई जोमसोम अस्पतालमा राखियो । त्यसपछिका २ दिनसम्म मौसम खुल्ला र बिरामीलाई उपचारका लागि पोखरा लैजाउला भन्ने बिरामीका आफन्तको योजनामा मौसमले साथ दिएन ।अन्ततस् जण्डिसकी बिरामीको जोमसोम अस्पतालमै मृत्यु हुन पुगेको आफन्त बताउँछन् ।

गत असार २८ गते र श्रावण ५ गतेको अविरल वर्षाले बेनी(जोमसोम सडक बाढी÷पहिरो र नदी कटानले अवरुद्ध भएपछि एक महिना देखि सडक आवागमन ठप्प छ । सडक असहजता र मौसम प्रतिकुलताका कारण मुस्ताङका बिरामीले समयमै भरपर्दो उपचारका लागि बञ्चित हुनु पर्ने अवस्था आएको हो ।

जोमसोम अस्पतालमा अहिले उल्लेख्य संख्यामा विभिन्न रोगका बिरामीले भरिएको छ । सडक र हवाई मार्ग अवरुद्ध भएसँगै जोमसोम अस्पतालमा बिरामीको चाप बढेको अस्पताल श्रोतले जनाएको छ । बर्सेनि बर्खायामको बाढी पहिरो र हिउदयामको हिमपातका कारण मुस्ताङीले भरपर्दो उपचार सेवा नपाई अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्