Logo

अमेजन जंगलमा फेरि फैलियो भयानक डढेलो



ब्राजिल, ३० साउन । ब्राजिलको भूभागमा पर्ने अमेजन जंगलमा विशाल डढेलो फेरि फैलिन थालेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त डढेलो गत वर्षको भन्दा पनि भयानक छ ।अधिकांश भूभाग ब्राजिलमा पर्ने अमेजन जंगलमा गत वर्ष डढेलोले गर्दा ठूलो क्षति भएको थियो । यस वर्ष पनि यहाँ डढेलोले गर्दा ठूलो क्षति हुने अनुमान गरिएको छ । गत वर्ष जंगलको लाखौँ स्थानमा डढेलो लागेको थियो । यस वर्ष पनि त्यस्तै भयानक डढेलो फैलिँदै गरेको बताइएको छ ।

तर राष्ट्रपति जैर बोल्सेनारोले यस घटनलाई झुटो भन्दै इन्कार गर्दैआएका छन् । जब कि ग्लोबल मिडियाले यसबारे विस्तृत समाचार तथा तस्बिर सार्वजनिक गरिसकेका छन् । तर उनले उक्त घटनालाई नजरअन्दाज गरेकोमा विज्ञ र आम नागरिकले कडा आलोचना पनि गरेका छन् ।

राष्ट्रपति बोल्सेनारोले यसअघि कोरोनाभाइरस महामारीलाई पनि सामान्य रुपमा केही नभएको भन्दै यसबाट नडराउन भनेका थिए । सामान्य रुघाखोकी भएको भन्दै यसले केही असर नगर्ने उनको जिकिर थियो । तर बोल्सेनारो र उनकी पत्नीलाई समेत कोरोनाभाइरस संक्रमण भएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्