काठमाडौँ, ३१ साउन । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दैगएको भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको छ ।
प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको प्रशासनले उल्लेख गरेको छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गर्ने बताएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।