Logo

भारतका क्रिकेटस्टार ध्वनीले लिए सन्यास



एजेन्सी, ३१ साउन । भारतीय क्रिकेटस्टार एम एस ध्वनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज सन्यासको घोषणा गरेका हुन् ।

भारतलाई विश्वकप जिताउँदा कप्तान समेत रहिसकेका ध्वनीले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राम एकाउन्टमा सन्यासबारे जानकारी दिएका हुन् ।

ध्वनीको कप्तानीमा भारतले सन् २००७ को ट्वेन्टी ट्वेन्टी विश्वकप, २०१० र २०१६ को एशिया कप, २०११ को विश्वकप र २०१३ को आइसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । उनको नाममा विभिन्न किर्तिमान समेत छ ।

ध्वनीले युएईमा आयोजना हुन गइरहेको आइपिएल क्रिकेटमा भने सहभागिता जनाउनेछन् । आइपिएलमा ध्वानी चेन्नई सुपर किंग्सका कप्तान छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्