Logo

ढिलो रिपोर्ट आउँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या



भक्तपुर, ३२ साउन । संक्रमितको विवरण ढिलो गरी प्राप्त हुँदा भक्तपुरमा कोरोना भाइरस संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ। विवरण आउन ढिलो हुँदा संक्रमितको पहिचान गरी उनलाई आइसोलेसनमा लैजानसमेत ढिलो भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर संक्रमितको संख्या सार्वजनिक गरेको एकदिनपछि मात्रै भक्तपुरमा विवरण प्राप्त हुँदा कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भएको हो।

मन्त्रालयले शुक्रबार भक्तपुरका आठजनालाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गर्‍यो तर त्यसको विवरण शनिबार बिहानमात्रै पठायो।

त्यस्तै शनिबार थप नौजनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दियो। त्यसको विवरण पनि आइतबार बिहानमात्रै आउने जानकारी आएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

मन्त्रालयले संक्रमितको विवरण उपलब्ध गराउन ढिलो गर्दा कोरोना परीक्षण गराएका र उनको परिवारसमेत तनावमा पर्दै आएको उनको भनाइ थियो।

उनका अनुसार कोरोना परीक्षण गरेका र उनका परिवारले कार्यालयमा जानकारी माग्छ तर कार्यालयले यथार्थ दिन सक्ने अवस्था छैन। परीक्षण गराएकामध्ये कसलाई संक्रमण पुष्टि भयो तत्काल भन्न सकिने अवस्था छैन। जसले गर्दा परीक्षण पोजिटिभ नआएका व्यक्ति र उनका परिवारले समेत तनाव लिनुपर्ने बाध्यता रहँदै आएको कार्यालय प्रमुख मिजार बताउँछन्।

‘मन्त्रालयले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर संक्रमितको संख्या सार्वजनिक गर्छ तर हामीकहाँ एकदिनपछि मात्रै विवरण आउँछ’, उनले भने, ‘यसले गर्दा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या हुँदै आएको छ। कोरोना परीक्षण गराएका र उनका परिवार पनि तनावमा पर्दै आएका छन्।’
मन्त्रालयले सार्वजनिक गरेको घन्टौंसम्म आफूलाई आइसोलेसनमा नलगिएपछि संक्रमित आत्तिने गरेको उनको भनाइ थियो।

संक्रमितहरुको विवरण ढिलो गरी आउन थालेपछि भक्तपुरमा संक्रमितहरुको व्यवस्थापनमा समस्या बढेको यहाँकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि गुनासो गरिनर यो खबर आजको अन्नपेर्ण पोस्टले प्रकाशन गर्को छ ।



प्रतिक्रिया दिनुहोस्