Logo

पेट्रोलको मूल्य बढ्यो



काठमाडौं, ३२ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ । निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएकोमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै समायोजन गरेको जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।



प्रतिक्रिया दिनुहोस्