Logo

चोरीका धनमालसहित पक्राउ



काठमाडौं, ३२ साउन । चोरीका सामानसहित पक्राउ तथा विभिन्न धनमाल चोरीको आरोपमा रोशन लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेका लामा चोरीको सामानसहित शनिबार बेलुका पक्राउ परेका हुन् ।

काठमाडौं टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको सुचना आएलगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मूर्तिसहित फेला पारी लामालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै धनुषा, क्षिरेश्वरनाथ नयाँबजारस्थित अष्टबक्र इङ्लिस बोर्डिङ स्कुलबाट विभिन्न कम्पनीका २ थान ल्यापटप, ५ थान मोनिटर, ६ थान सिपियु, ३ थान प्रोजेक्टर , ११ थान पंखा, २ थान साउण्ड सिस्टम र १८ थान कपडाको पर्दाहरु गरी करिब ६ लाख रुपैयाँ मूल्य बराबरको सामान शुक्रबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्