Logo

फेसबुक मार्फत चिनजान अनि बोलाएर बलात्कार



काठमाडौं, ३२ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् । उनले युवतीलाई फेसबुकमार्फत् चिनेर सम्बन्ध बनाएको र सम्पर्क गरी बलात्कार गरेका थिए ।

पक्राउ परेका युवक सबिन मानन्धर हुन् । उनलाई काठमाडौं कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा एक महिलालाई जबजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेका मानन्धरलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्