Logo

लागूऔषधसहित पक्राउ तथा बरामद



काठमाडौं, ३२ साउन । अवैध लागूऔषधसहित सचिकान्त चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पर्सा, जिरा भवानी बलुवाबाट अवैध लागूऔषध ८ थान, ४० थान नाईट्रोभेट ट्याब्लेट र २ थान स्पास्मो क्याप्सुल सहित चौधरी पक्राउ परेका हुन् ।

प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले चौधरीलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । सर्लाही, बागमती राजमार्ग चोकबाट अवैध लागूऔषध ६३ बोतल एकसय एमएलको वालरेक्स र नम्बर नखुलेको मोटरसाइकल शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी डुम्रेखोलाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध र मोटरसाइकल बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्