Logo

१५ दिन भित्रै फेरी पेट्रोलको मूल्य बढ्यो



काठमाडौं, भदौ १ । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढाएको छ ।

अगस्ट १६ मा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ मूल्य बढेर आएकाले प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएकको निगमले जनाएको छ ।

नयाँ मूल्य समायोजनपछि डिजेल र मटीतेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।

निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको मूल्य प्रतिलिटरमा दुई रुपैयाँ बढाएको थियो।



प्रतिक्रिया दिनुहोस्