इलाम, भदौ १ । जिल्लाको सूर्योदय नगरपालिकास्थित करफोकको क्वारेन्टिनमा बसेका एक युवकको निधन भएको छ। सूर्योदय नगरपालिका–९ का अन्दाजी २२ वर्षे युवकको आइतबार राति निधन भएको हो ।
साउन २६ देखि क्वारेन्टिनमा बसेका ती युवकमा रुघाखोकीलगायत ज्वरोको लक्षण देखिएको छ । भारतको हैदराबादबाट आएका उनको स्वाव संकलन गरी विराटनगर पठाइएको छ । रिपोर्ट आउन भने बाँकी छ ।