काठमाडौं, १ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद डा. रामकुमार अधिकारीले वर्तमान सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्ण सफल भएको दाबी गरेका छन् । अधिकारीले आफू सत्तारुढ दलकै नेता भएकोले सरकार सफल भएको भनेर नबोलेको र सरकार सफल कसरी भयो ? भन्नेबारे आफुसँग तथ्य भएको पनि जिकिर गरे । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष सम्वादमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।