Logo

नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्ने, चुक्ता पूँजी करिब तीन अर्ब पुग्ने



काठमाडौँ, १ भदौँ । नागरिक लगानीकोषले हकप्रद निष्काशन गर्ने भएको छ । कोषले एक सय कित्ता बराबर ८२ कित्ताका दरले शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको हो ।कोषले प्रति शेयर एक सय रुपैयाँका दरले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँको एक करोड ३५ लाख ९२ अजार ५९२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कोषले हकप्रद निष्काशनका लागि आरबिबि मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ । कोषले हकप्रद निष्काशन गर्ने सम्बन्धमा कोषका कार्याकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल बिच सम्झौता भएको हो ।

यद्यपि कोषले हकप्रद कहिलेदेखि जारी गर्ने भनेर मिति तय गरिसकेको छैन् । उक्त हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी करिब २ अर्ब ९८ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ पुग्नेछ ।-मेरोलगानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्