Logo

स्रोत नखुलेको नेपाली नगद सहित पक्राउ



पर्सा, १ भाद्र । स्रोत नखुलेको नेपाली नगद सहित सतेन्द्र साह कानु पक्राउ परेका छन् । छिपहरमाई चरगाहाबाट स्रोत नखुलेको ३ लाख ८ सय ५० नेपाली रुपैयाँ सहित कानुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी टिउकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको ना.६५ प १७८१ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक कानुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्