Logo

अमिर खान र टर्कीकी राष्ट्रपति पत्नीबीचको भेट चर्चामा



एजेन्सी, १ भाद्र । बलिउड अभिनेता अमिर खान अहिले आफ्नो महत्वकांक्षी फिल्म ‘लाल सिंह चड्डा’ को सुर्टिङको सिलसिलामा टर्की पुगेका छन् । यसबीचमा उनले टर्कीका राष्ट्रपतिकी पत्नी अमीन एर्दोगानसँग १५ अगष्टमा भेट गरेका छन् । उनीसँग भेट गरेको तस्वीर टर्कीकी प्रथम महिलाले सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक गरीरहेका छन् ।

वास्तवमा टर्कीका राष्ट्रपति जम्मु –कश्मीरबाट आर्टिकल ३७० हटाएको विषयविरुद्ध बयान दिइसकेका छन्, जसको कारण भारत र टर्कीको सम्बन्ध बिग्रिएको छ । यसकारण अमिर खान र टर्कीकी प्रथम महिलाको भेटलाई मानिसहरुले मन नपराएका हुन् ।

२०१८ मा इजरायलको प्रधानमन्त्री बेंजामिन नेतन्याहुको भारत भ्रमणसँग जोडेर पनि हेरेका छन् । उक्त समयमा नेतन्याहुले बलिउडका केही हस्तीसँग भेट गरेका थिए तर अमिर खान, सलमान खान र शाहरुख खानले उनीसँग भेट्न गर्न मानेका थिएनन् । इजरायलका राष्ट्रपति अमिर खानसँग भेट्न नमाने पनि टर्कीका राष्ट्रपतिको पत्नी अमिरलाई पाहुनाको रुपमा सत्कार गर्दा खुशी भएकी हुन् ।

अमिर खानको यो फिल्म १९९४ मा बनेको हलिउड फिल्म ‘फारेस्ट गम्प’ को अफिशियल रीमेक हो । फिल्ममा अमिर खानको साथमा करीना कपुरलाई देख्न सकिनेछ । अद्धैत चन्दनले निर्देशन गरेको यो फिल्म २०२१ को क्रिसमसमा रिलीज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्