Logo

सुनको मूल्य फेरी एक लाख नाघ्यो



काठमाडौँ, २ भदौ:  केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन : एक लाख नाघेको छ । आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ ।

छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार भने उकालो लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९९२ डलर मा खरिदबिक्री भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्