Logo

प्रदेश सञ्चार विधेयक फिर्ता



वीरगञ्ज, २ भदौ: प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन । प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटि रहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाएको बताइएको छ ।

विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनसमेत नमिलेको कारण देखाउँदै प्रदेश सरकारलाई फिर्ता पठाएको प्रदेश प्रमुखका सचिव पदम विश्वकर्माले जानकारी गराए । प्रदेश नं २ सरकारको विधेयकले प्रेसमाथि अङ्कुश लगाएको र प्रेस विरोधी रहेको भन्दै विधेयक फिर्ता लिन नेपाल पत्रकार महासङ्घ प्रदेश २ ले माग गर्दै आएको अध्यक्ष दीपेन्द्र चौहानले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्