Logo

प्रहरीलाई खुकुरी प्रहार गर्ने पक्राउ



मकवानपुर, २ भाद्र । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो–हल्ला गरिरहेका व्यक्तिहरुलाई प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्