Logo

सडक पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री थापा



मार्तडी, २ भदौ: सरकार गृहमन्त्री रामबहादुर थापाले अविरल वर्षाका कारण बाढी र पहिरोमा परेका नागरिकको संरक्षण र भत्केका बाटाहरुको पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । बाढी र पहिराले पु¥याएको क्षतिको अध्ययन तथा अनुगमन गर्न बाजुरा पुगेका मन्त्री थापाले बाढी र पहिराबाट प्रभावित नागरिकलाई सहयोग गर्ने बताए ।

मन्त्री थापाले बाढीले क्षति पु¥याएका बाढी परिहो गएका ठाउँमा प्रत्यक्ष अनुभूति गर्नका लागि आएको प्रतिक्रिया दिए । उनले जिल्लामा बाढी र पहिरोका कारण पु¥याएका सडक र बाटोको क्षतिपछि सडक पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला सदरमुकाम मार्तडी जोड्ने सडक नै छेद विच्छेद् भएको छ । समृद्ध बनाउनका लागि बाटो निर्माण कार्य नै आवश्यक रहेको मन्त्री थापाको भनाइ छ ।

मन्त्री थापाले भने, “विपद्का बेलामा सरकार जनताको हो या होइन भनेर पहिचान हुन्छ । विपद्का बेलामा सहयोग गरेन, जनतासँग भएन भने त्यो जनताको सरकार हुँदैन ।” मन्त्री थापाले राहत वितरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सरकार दुःखका बेला साथमा रहेको बताउनुभयो । उहाँले पीडितसमक्ष सरकारको कर्तव्य र दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।-रासस



प्रतिक्रिया दिनुहोस्