Logo

कोरोना सङ्क्रमणबाट ६१ वर्षीय वृद्धको मृत्यु



वागमती, ३ भदौ: मकवानपुरको हेटौडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटाँैडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौडा –४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना सङ्क्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्