Logo

काठमाडौंमा एकैदिन  १५९ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ३ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन १५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १५९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले ११ हजार ५ सय  २२ जनाको पिसीआर परिक्षणमा  ६ सय ८१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १२० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ७ सय रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १३४ जना र ललितपुरका १७ जना र भक्तपुरका ८ जना रहेका छन् । योसंगै कुल संक्रमितको सख्या २८ हजार ९ सय ३८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्