Logo

आज १२० जना संक्रमित कोरोना परास्त गर्न सफल, परास्त गर्ने कुल संख्या १७ हजार ७००



काठमाडौँ ३ भदौ: आज (बुधबार) ६८१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमित ११ हजार ११८ जना रहेका छन् ।आज थपिएका संक्रमितमध्ये काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जना रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२० जना कोरोना परास्त गर्न सफल भएका छन् । नेपाल कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १७ हजार ७०० जना पुगेको छ ।

नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । त्यसैगरी देशभरमा अहिलेसम्म १२० जना कोरोना संक्रमितको निधन भइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्