Logo

कौडा खेल्ने पक्राउ



सिरहा, ३ भाद्र । कौडा खेलिरहेको अवस्थामा विजय कुमार महतो सहित १२ जना पक्राउ परेका छन् । धनगढीमाई भालुटारबाट कौडा खेलिरहको अवस्थामा लहानका विजय कुमार महतो समेत १२ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मदन बहादुर राईको घरमा कौडा खेलिरहेको १२ जनालाई ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय गोलबजार र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट १६ थान कौडा, ३ लाख ६३ हजार ६ सय ४० नेपाली रुपैयाँ, ४ हजार ८ सय १० भारतीय रुपैयाँ, १४ थान मोबाइल, ४ लाख ४८ हजार ३ सय ७३ रुपैयाँको हस्ताक्षर गरेको बैंक चेक समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । File photo



प्रतिक्रिया दिनुहोस्