Logo

उदाउँदो सुर्य चिन्हको नेकपा एमाले दर्ता



काठमाडौं, ३ भाद्र । नेकपा एमाले ब्युँतिएको छ । यो पार्टी निर्वाचन आयोगमा दर्ता समेत भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नाममा निर्वाचन आयोगमा औपचारिक रुपमा आज दर्ता भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताबारे जानकारी दिए ।

नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी छिन् । दलको चुनाव चिन्ह पहाडबाट उदाउँदै गरेको सुर्य छ । १२ असारमा दल दर्ताको निवेदन परेकोमा आज निर्णय भएको हो ।

नेकपा एमाले दल दर्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको भुमिका रहेको विषय समेत उठेको थियो । नेकपा फुटको संघारमा पुग्दै गर्दा उक्त दल दर्ताका लागि निवेदन परेको थियो । निवेदन दिनेहरु प्रधानमन्त्री ओलीका निकटस्थहरुसँग नजिक रहेको तथ्य खुलेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र एक भई नेकपा गठन भएको थियो । त्यसपछि नेकपा एमाले पार्टी इतिहास बनिसकेको थियो ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्