Logo

सलमानको हत्या गर्न षड्यन्त्र रच्ने योजनाकार गिरफ्तार



एजेन्सी, ३ भाद्र । बलिउड सुपरस्टार सलमान खानको हत्या गर्न षड्यन्त्र गर्ने एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । यस वर्षको जनवरीमा राहुल उर्फ सांगा उर्फ बाबाले सलमान खानको निगरानी गर्दै थिए ।

उनले गिरोह बिश्रोईको पनि काम गर्ने गरेको खुलेको छ । उनलाई यस्ता धेरै आरोप लगाइएको छ । राहुलले छुट्टाछुट्टै ४ हत्याका घटनाहरु गरेका थिए । उनले १०१९ मा एक व्यक्तिको हत्या, पञ्जाबमा मानोटमा हत्या त्यस्तै २०२० मा भिवानीको हत्या गरीसकेका छन् ।

२०२० जुनमा राहुलले फरीदाबादको एसजिएम नगरमापनि हत्या गरीसकेका छन् । हाल उनलाई प्रहरीले उत्तराखण्डबाट गिरफ्तार गरेको छ । प्रहरीले सोधपुछ गर्दा सुपरस्टार सलमान खानलाई मार्ने योजना रहेको पत्ता लागेको छ । यसको लागि सलमानको घरको सबै निगरानी राख्न सुरु गरेका थिए । सलमान कहिले बाहिर जान्छन्, कहिले आउछन् उनको साथमा को रहन्छ । यसरी सबै जानकारी लिइरहेको सोधपुछको क्रममा प्रहरीलाई राहुलले बताएका छन् । उनी मुम्बईबाट फर्कने बित्तिकै घरमा लकडाउन लगाएकोले आफ्नो काम सम्पन्न नभएको पनि बताएका छन् ।

सलमान अहिले बिगबोसको कारण चर्चामा छन् । कोरोना संकटको समयमा पनि सावधानि पुर्वक विभिन्न शो हरुमा सहभागी भएका थिए । उनका आगामी फिल्महरु राधे, किक २ र कभी ईद कभी दिवाली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्