एजेन्सी, ४ भाद्र । कोरोना भाइरसका संक्रमितको गन्ध क्षमता कमजोर हुने तथ्य पुष्टि भइसकेको छ । यो रुघाखोकीभन्दा भिन्न हुने र स्वाद चिन्ने क्षमता पनि गुम्नसक्ने तथ्य पत्ता लागेको हो ।
युरोपेली रिसर्चरहरुले स्वादको क्षमता कमजोर हुने पत्ता लगाएका हुन् । कतिपय अवस्थामा गुलियो र तीतो समेत छुट्याउन नसक्ने अवस्था बन्न सक्ने उल्लेख छ ।
जर्नल अफ राइनोलोजीमा प्रकाशित अध्ययनमा स्वादको क्षमता नष्ट हुने उल्लेख छ । महामारीको भाइरसले गन्ध र स्वादसँग सम्बन्धित स्नायु कोषलाई सिधै असर गर्ने कारण समेत खुलाइएको छ ।
रुघाखोकीमा जस्तो सामान्यता सिंघान नबग्ने र नाक बन्द नहुने भएपनि गन्ध र स्वाद भने गुम्ने अध्ययनले भनेको छ ।
कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो आउने, निरन्तर खोकी लाग्ने र गन्ध वा स्वादको क्षमता गुम्ने हुन् ।-Photo Source: Agency