काठमाडौं, ४ भदौ । चर्चित नायक विपिन कार्कीले कोरोनाको असर चलचत्रिमा परेको भएपनि कोरोनाको कहर ठिक भएपछि चलचित्र उद्योग राम्रो हुने विश्वास दिलाएका छन् । उनले नेपाली सिने जगतमा सम्भावना नै बोकेका कलाकारहरु अझै आउन बाँकी नै रहेको सुनाए । कार्कीले अहिलेसम्म १५ वटा चलचित्रमा आफूले काम गरिसकेको सुनाए । आफू यस क्षेत्रमा आएको १५ वर्षभन्दा बढि नै भएको पनि उनले जनाए ।
हिजो (बुधबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले सफल नायक हो वा होईन भनेर आफूले भन्न नमिल्ने र आफूलाई दर्शकहरुले रुचाएको विश्वास दिलाए । प्रस्तुत छ कार्कीसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :