Logo

उपत्यकामा निषेधाज्ञाको प्रभाव, बजार खुलेको ३५ मिनेटमा जम्मा २ करोड रुपैयाँ बराबरको शेयर कारोबार



काठमाडौँ, ४ भदौ:  आज (बिहीबार) बजार खुलेको ३५ मिनेटसम्ममा जम्मा २ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञाको प्रभाव यस दिन बजारमा देखिएको हो।

बजार खुलेको ३५ मिनेटसम्ममा नेप्से परिसूचक ०.५८ अंक अर्थात ०.०४ प्रतिशत घटेर १ हजार ३९०.७१ विन्दुमा झरेको छ। सो अवधिसम्ममा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक अर्थात ०.१२ प्रतिशत बढेर २८७.४१ विन्दुमा पुगेको छ।

सो अवधिसम्ममा ९५ कम्पनीको ८११ पटकको कारोबारमा २ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको ७२ हजार २०२ कित्ता शेयर खरिदबिक्री भएको छ।

२०० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारीमा रहेको समृद्धि फाइनान्सको शेयरमूल्य सो अवधिसम्ममा सर्किट लेभलमा कारोबार भइरहेको छ।

सो अवधिसम्ममा कारोबारमा आएका १० उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ को घटेको छ।-मेरोलागानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्