एजेन्सी, ४ भाद्र । रुसी राष्ट्रपति भ्लादिभिर पुटिनका कडा आलोचक एलेक्सी नाभालनीको हत्याको षड्यन्त्र भएको छ । ओम्स्क भन्ने ठाउँमा उपचार भइरहेको छ । चीयामा विष मिसाएर हत्या गर्न खोजिएको आशंका गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार उनी विमानमा यात्रा गरिरहँदा अचानक विरामी परेका थिए । निकै असहज भएपछि विमानले आकस्मिक अवतरण गरेको थियो । उनी बेहोस अवस्थामा छन् ।
४४ वर्षीय नाभालनीलाई विष मिसाएर खुवाइएको खुलेको छ । रुसी समाचार संस्था तासका अनुसार विष पिलाइएको खुलेपछि उपचार भइरहेको छ ।
उनले जुन महिनामा संविधान संशोधनका लागि भएको निर्वाचनलाई कू भनेका थिए । भ्रष्टाचारविरोधी नेता नाभालनी टोम्स्कबाट मस्को फर्किइरहेको थिए । उनको प्रवक्ता यारमिसका अनुसार उनी अचानक विरामी परेपछि विमान आकस्मिक अवतरण गर्न लगाई उपचारका लागि लगिएको थियो ।-Photo Source: TASS