Logo

काठमाडौंमा २०० जना कोरोना संक्रमित थपिए



काठमाडौं, ४ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ सय ७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले ११ हजार ८ सय   ३२ जनाको पिसीआर परिक्षणमा ७ सय ७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ९ सय ६४ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७४ जना र ललितपुरका १८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्