Logo

मलामी घाटमा बालिकालाई लगेर बलात्कार गर्ने पक्राउ



काठमाडौं, ४ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा अभिषेक राजबंशी बुधबार बेलुका पक्राउ परेका छन् । मोरङको १४ वर्षीया बालिकालाई जबजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिकाका राजबंशीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाई स्थानीय मलामी घाट नजिक लगेर जबरजस्ती करणी गरेका अभिषेकलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

यसैगरी बर्दिया, बारबर्दिया भगतपुरका चन्द्रराम बिकलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चन्द्ररामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जयनगर र ईलाका प्रहरी कार्यालय बानियाँभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्