Logo

जुवाडे पक्राउ



काठमाडौं, ४ भाद्र । तास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका अमरचोकका सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा सागर समेत ८ जना पक्राउ परेका हुन् ।

सागरको घरमा तास खेलिरहेको जानकारी अनुसार पुगेको प्रहरीले उनीहरुलाई ८४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस्तै धनगढी उपमहानगरपालिकाका सन्तोष श्रेष्ठ समेत ४ जनालाई नगद ७९ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । युवराज भण्डारीको घरमा जुवातास खेलिरहेको गोप्य सुचनको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्