Logo

पाइलट भन्दै महिलालाई फसाउँदै ठगी गर्ने पक्राउ



काठमाडौं, ४ भाद्र । पाइलट भन्दै महिलालाई फसाउने अनि ठगी गर्ने । यसरी ठगी गर्ने पुरुष हुन् रविन सुनुवा । उनी आफूलाई रोहिनजंग शाह भन्थे । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुनुवारले पाईलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी काठमाडौ बस्ने मकवानपुर नामटार घर भएका सुनुवार हुन् ।

सुनुवारले विगत एक वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्