Logo

भगवान श्रीकृष्णलाई ५६ भोजन चढाउने कारण



भगवान श्रीकृष्णको महिमा अपार छ । गीतामा दिएको उपदेशको पालना जसले ध्यान पुर्वक गर्छ उसको जीवन सफल हुन्छ । महाभारतको युद्धको समयमा श्रीकृष्णले अर्जुनलाई गीताका ज्ञान दिएर उनको आँखा खोलिदिएका थिए ।

भगवान श्रीकृष्णालाई ५६ भोग लगाइन्छ आज हामी त्यही ५६ प्रकारका भोजनको बारेमा चर्चा गर्छौ । एकदिन इन्द्रदेव ब्रजवासिहरु सँग धेरै रिसाएका थिए । फलस्वरुप त्यहाँ घनघोर पानी प¥र्यो । आफ्नो भक्तहरु र ब्रजवासीलाई इन्द्रदेवबाट जोगाउन कृष्णले गोवर्धन पर्वतलाई आफ्नो औलाले उचालेका थिए सारा गाउँवासीले गोवर्धन पर्वतको तल शरण लिएर आफ्नो रक्षा गरेका थिए ।

कृष्णले सातदिनसम्म आफ्नौ औलाले थामेर उभिरहे । अन्तमा भगवान इन्द्रलाई आफ्नो गल्ती महसुस भयो र वर्षा रोके । यता गाउँवासीले रक्षाको लागि सातदिनसम्म कृष्णले केहि खाएका थिएनन् । त्यसकारण गाउँवासीहरुले उनीप्रति आभार प्रकट गर्न सात दिन र बारको हिसाबले ५६ प्रकारका भोग लगाए । त्यससमय देखि यो रीतिको पालन निष्ठापुर्वक भएको थियो ।

५६ भोगमा श्रीकृष्णलाई मन पर्ने व्यन्जन हुन्छन् । यसमा मुख्य रुपमा माखन, मिश्री, खीर, जेरी, रसगुल्ला, लड्डु, मालपुआ, मोहनभोग, चटनी, साग, दही, भात, दाल, कढी, पापड, मुगको दाल, पकौडा, खिचडी, लौका, पुरी, बदामको दुध, बदाम, पिस्ता र इलाइची हुन्छन् ।

यी खानेकुरालाई सजाउने पनि विशेष तरिका हुन्छ । सबैभन्दा पहिला दुधबाट सुरु गरेर बेसन लगाइएका र नमकिन खाना र अन्तमा मिठाई, ड्राइ फ्रुट्स र इलाइची राखिएको छ । भगवानलाई भोग चढाए पछि सबै श्रद्धालुलाई प्रसाद वितरण गर्ने चलन छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्