Logo

बैंकका कर्मचारीलाई आउजाँउ गर्न सहज बनाइएपछि बैंकहरु आज खुल्ने



काठमाडौँ ५ भदौ: हिजो बैंक खोल्न हिडेका कर्मचारीलाइ प्रहरीले रोकेपछि बन्द भएका बैंकहरु गृहमन्त्रालयले नरोक्न निर्देशन दिएपछि आज भने सिमित संख्या खोली सेवा दिने भएका छन् ।

गृहमन्त्रालयले उपत्याकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि आजदेखि बैंक खुल्ने भएका हुन् ।

निषेधाज्ञाका पहिलो दिन हिजो बैंकिङ सेवा प्रभावित भएका थिए । तर आज दोस्रो दिन सिमित संख्यामा खोलिने भएका छन् । हिजो प्रहरीले कार्यालय हिंडेका कर्मचारीलाइ रोकेर तनाव दिएपछि नेपाल बैंकर्स संघले सेवा दिन नसकिएको भन्दै खुलेका बैंकपनि एकाएक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले बैंकलाई अत्यावश्यक सेवामा राखेको छ । नेपाल राष्ट्र बैंकले स्थानिय प्रशासनको समन्वयमा केही शाखा खोलेर सेवा दिन निर्देशन दिएको छ ।

बैंकका कर्मचारीलाई सहज रुपमा आवतजावत गर्न दिएमा बैंक बन्द गर्नु पर्ने अवस्था नै नआउने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट दिएकाले बैंक खोल्न समस्या हिजो परेको थियो । तर आज सहज हुने आश्वासन पाएपछि नियमित रुपमा सिमित शाखा खोल्ने उनले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढेपछि बैंकहरूले उपत्यकामा एक बैंकले ८ शाखासम्म खोेलेर सेवा दिने भएका छन् ।-मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्