Logo

सशस्त्रका २८ खेलाडीसहित ३८ सङ्क्रमित, प्रदेश २ बाट राजधानी आएका थिए



काठमाडौँ, ६ भाद्र। आज सङ्क्रमण पुष्टि भएका २८ खेलाडीसहित ३८ जना सशस्त्र प्रहरी सबै प्रदेश–२ का सीमा क्षेत्रमा खटिएका थिए । उनीहरू प्रदेश २ का बारा पर्सालगायत विभिन्न जिल्लाका सीमा क्षेत्र काम गरी १५ दिन स्थानीय स्तरमै क्वारेन्टाइनमा बसेर राजधानी आएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

खेलाडीहरू १५ दिन बाराको क्वारेन्टाइन बसेर काठमाडौँ आएको र त्यसपछि राजधानी पनि सात दिन आइसोलेसनमा बसेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

उनीहरूलाई काठमाडौँमा आइसोलेसनमा राख्नको लागि ठाउँ खोजी भइरहेको प्रवक्ता अर्यालले जानकारी दिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्