Logo

साउदीमा ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति



काठमाडौँ ६ भाद्र । साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८ जनाको नाम सार्वजनिक गरेकोमा हिजो थप १२० जनाको सार्वजनिक गरेको हो ।

साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र अकामा नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन नपाएका नेपालीलाई नेपाल फर्कन बाटो खुलेको छ । समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा सहज र छिटो बनाउनको लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको थियो । साथै उक्त अनुरोध र पहल पछि बहिर्गमन भिसा प्राप्त भएको दूतावासले बताएको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल फर्किन सक्ने खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्