Logo

माधव नेपालका सात अङ्गरक्षकलाई कोरोना संक्रमण



काठमाडौँ, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको बताए ।- गोरखापत्रबाट मुकुन्द गैरेको रिपोर्ट



प्रतिक्रिया दिनुहोस्