Logo

भगवान कृष्णले आफ्नो छोरा साम्बालाई किन दिए श्राप



भगवान कृष्णको श्रापबाट मुक्ति पाउनको लागि छोरा सांम्बाले सुर्य मन्दिरको निर्माण गरेका थिए, जुन अहिले पाकिस्तानको मुल्तान शहरमा अवस्थित छ । उक्त सुर्य मन्दिरको नाम आदित्य मन्दिरको नामले आज पनि चिनिन्छ ।

श्रीकृष्णको धेरै रानीहरु थिए, जसमा एकजना जावन्तको छोरा जानवन्ती पनि थिइन् । श्रीकृष्ण र जामवन्तीको विवाहको पनि एक रोचक कहानी छ । श्रीकृष्ण र जामवन्तको २८ दिनसम्म बहुमुल्य मणि हासिल गर्नको लागि युद्ध चलेको थियो । युद्धको क्रममा जानवन्तले कृष्णको वास्तविक रुप थाहा पाएर बहुमुल्य मणीसँगै छोरी पनि सुम्पेका हुन् ।

कृष्ण र जामवन्तीको छोरा साम्बा थिए । उनी निकै सुन्दर थिए । साम्बाको सून्दर रुप देखेर कृष्णको एक रानीले साम्बाको पत्नीको रुप धारण गरेर साम्बासँग अ्रगालो मारेको देखेर कृष्णले रिसको झोकमा साम्बालाई कुष्ठ रोगी हुनेको श्राप दिएका थिए । पुराणको अनुसार महर्षि कटकले साम्बालाई कुष्ठ रोगबाट मुक्ति पाउने उपाय बताउदै सुर्य देवको उपासना गर्न सल्लाह दिएका थिए । त्यसपछि साम्बाले चन्द्रभागा नदीको किनारमा रहेको मित्रवनमा सुर्य देवको एक मन्दिर बनाएर १२ वर्षसम्म सुर्य देवको कडा तपस्या गरे ।

सुर्य देव साम्बाको तपस्याबाट प्रसन्न भएर कुष्ठ रोगबाट मुक्ति पाउन चन्द्रभागा नदीमा स्नान गर्न भने । आज पनि चन्द्रभागा नदी कुष्ठ रोग ठिक पार्ने नदीको रुपमा चिनिदै आएको छ । उक्त नदीमा स्नान गरेमा कृष्ठ रोग छिट्टै निको हुने मान्यता आज पनि रहेको छ । धार्मिक कथामा आधारित



प्रतिक्रिया दिनुहोस्