Logo

अन्डरवलर्ड डन दाउदको ठेगाना कराँची उल्लेख भएपछि चासो



एजेन्सी, ६ भाद्र । भारतले सर्वाधिक खोजी गरिरहेको अन्डरवलर्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीमा रहेको उल्लेख गरिएको छ । पाकिस्तानले आतंककारी समुह र उसका नेताको सुची तयार गर्ने क्रममा दाउदको ठेगाना पाकिस्तानको कराँचीस्थित साउदी मस्जिद राखेको छ ।

पाकिस्तानको यही कदमलाई लिएर टाइम्स अफ इन्डियाले दाउद उक्त देशमा रहेको पुष्टि हुने उल्लेख गरेको छ । सन् १९९३ मा मुम्बई बम हमलाका आरोपी दाउद रहेको स्थान अझै अज्ञात छ । भारतले उनी पाकिस्तानमा संरक्षित रहेको आरोप लगाउँदै आएको छ ।

भारतले दाउद पाकिस्तानमा रहेको भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा गत महिला भारतले बोलेको थियो । पाकिस्तालने गत वर्ष दाउद आफ्नो देशमा नरहेको जानकारी गराएको थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्